प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक जारी


काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदको बैठक जारी छ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा बैठक बसिरहेको हो ।

बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ । यसअघि प्रमुख तीन दलका नेताहरुको बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो ।नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानून व्यवसायीहरुले पनि तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिँदै आएका थिए ।

तपाईको प्रतिक्रिया