वडा कार्यालयले सुरु ग-यो ‘भर्ना अभियान’

May be an image of 10 people
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकाको वडा नं —०९ ले ‘भर्ना अभियान’ चलाएको छ । वडा भित्रका विद्यालय बाहिर रहेका प्रत्येक बालबालिकालाई विद्यालय पु¥याउन सहयोग पुगोस् भनी वडा कार्यालयले भर्ना अभियान थालेको हो । शैक्षिक सत्र सुरु भएकै दिन बाट वडा कार्यालयले भर्ना अभियानको थालनी गरेको वडाध्यक्ष शिवराज गिरीले जानकारी दिए ।

आइतबार बाट देशभर शैक्षिक सत्र २०८० सुरु भएको छ । शैक्षिक सत्र सुरु भएसंगै विद्यालय उमेर समुहका शत प्रतिशत बालबालिकालाई विद्यालय भर्ना गर्ने लक्ष्य लिईएको अध्यक्ष गिरीले बताए ।

वडा कार्यालयले २०८० लाई शैक्षिक सुधार बर्षका रुपमा समेत घोषणा गरेको छ । वडा कार्यालयले शैक्षिक सत्रलाई सफल पार्नका लागि भर्ना अभियान, अभिभावक शिक्षा, शैक्षिक सुधारका लागि वडास्तरीय अन्तरक्रिया कार्यक्रम, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाहरु पक्षविच अन्तरक्रिया, शैक्षिक सुधारका लागि हेल्लो अध्यक्ष कार्यक्रम, समुदाय स्तरीय शिक्षा समिति गठन, समुदाय स्तरीय शैक्षिक संघ गठन गरिएको वडाध्यक्ष गिरीले बताए । जाजरकोट जिल्लामै भर्ना अभियान सुरु गर्ने पहिलो वडा बनेको छ ।

May be an image of text that says 'कुशे गाऊपालिका ヒ नं. वडा कार्यालय जाजरकोट शौक्षिक सुधार बर्ष 2010 शिवराज गिरी (੯੮६६८५८०१७) वडा अध्यक्ष भर्ना अभियान अभिभावक शिक्षा शैक्षिक सुधारका लागि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम विद्यालयमा शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला पक्षविच अन्तरक्रिया कार्यक्रम शैक्षिक सुधारका लागी हेलो अध्यक्ष कार्यक्रम समुदाय स्तरीय शिक्षा समिति गठन समुदाय स्तरीय शैक्षिक संघ गठन'

तपाईको प्रतिक्रिया