नगरपालिकाले बजेट नदिएको भन्दै सल्यानको बागचौरमा एक व्यक्ति बसे अनसन

सल्यान । नगरपालिकाले बजेट नदिएको भन्दै सल्यानको बागचौरमा एक व्यक्ति बसे अनसन बसेका छन् ।

बागचौर नगरपालिका वडा नम्बर २ अग्ला टाकुरा भ्यू टावरमा रहेको पर्यटकीय धार्मिक स्थल मन्दिरमा आफुले बजेट माग गरेकोमा बजेट प्राप्त नभएको बताउँदै स्थानीय रुद्र मधु डिसी अनसन बसेका हुन् ।

उनी शुक्रबार बेलुका ७ बजेदेखि बागचौरको पिपल चौतारामा अनसन बसेका हुन् । पहेँलो पोसाकमा अनसन बसेका उनले कसैसँग कुरा समेत गर्न मानेका छैनन् ।

अहिले अस्थायी प्रहरी बिट बागचौरले उनलाई सुरक्षा दिईरहेको छ । श्रोतका अनुसार उनले अघिल्लो वर्ष अग्ला टाकुरा भ्यू टावर छेउमा रहेको डाँगी जातिहरुको मन्दिरमा आफ्नो लगानीमा मुर्ति निर्माण र घेरबार गरेका थिए । नगरपालिकाले बजेट विनियोजित गर्ने आश्वासन दिएपछि सो काम उनले उधारोमा गरेको बताउँदै आएका छन् ।

त्यसपछि नगरपालिकाले केही बजेट विनियोजन गरेको थियोे तर नगरपालिकामा सरकार परिवर्तन भएसँगै उनलेे सो बजेटको आधा भन्दा कम रकम भुक्तानी पाए । मन्दिरमा आफ्नो धेरै खर्च भएको र पटकपटक बजेटको माग गर्दापनि नपाएपछि उनी अनसन बसेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया