रुकुम पुर्व । रुकम पूर्वको भूमे गाउँपालिका वडा नं. ७ गुमनानमा आधारभूत स्वास्थ्य इकाई उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमको वीच भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले आधारभूत स्वास्थ्य इकाईको उद्घाटन गरेका हुन् ।
यसअघि सम्म रोल्पा जिल्लाको अस्पताल थबाङमा रहेको हस्पिटल बाट सेवा लिईरहेका गुनामबासीलाई अब सहज हुने भएको छ । पहिला सामान्य देखि जटिल खालका समस्या हुदा जिल्ला अस्पताल रुकुमकोट जानु पर्ने कित रोल्पा जिल्लाको अस्पताल ठबाङमा जानुपर्ने बाध्यता रहेको वडा नं ७ का वडाध्यक्ष संगम रोकाले जानकारी दिए ।
सिटामोल खानको लागि आफु धेरै पटक जिल्ला अस्पताल पुगेको बताए । अब सिटामोल खानको लागि रुकुमकोट र रोल्पाको ठबाङ धाउन नपर्ने बाध्यता अन्त्य भएको रोकाले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष क्षेष्ठले अब गुनाम बासीलाई सामान्य सिटामोल खानको लागि जिल्ला अस्पताल र रोल्पाको ठबाङ जानुपर्ने बाध्यता अन्त्य भएको बताए । यस अघि सम्म सामान्य देखि जटिल खालका समस्या हुदाँ पनि रुकुमकोट र ठबाङ धाउन गएरेको स्मरण गर्दै अब उक्त दिनहरुको अन्त्य भएको बताए ।
गाउँपालिकाको सबैभन्दा विकटको वडा भएको हुँदा यस वडाका महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखी जति सक्दो छिटो प्रसूती गृह पनि संचालनमा ल्याउने बताए । सामुदायिक स्वास्थ्य इकाईबाट मङ्गलबार देखि नै सेवा सुरु भइ सकेको छ ।
वडाध्यक्ष सङगम रोकाको अध्यक्षता रहेको कार्यक्रम जिल्ला समन्वय समितिका मेघबहादुर श्रेष्ठ भूमे गाउँपालिका अध्यक्ष होम प्रकास क्षेष्ठ , उपाध्यक्ष सबिना बुढाको विशेष आथिथ्यता रहेको थियो । यस्तै, कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख उपेन्द्र यादव सह संयोजक सन्जिब खड्का, विभिन्न राजनीतिक दलका प्रतिनिधि शिक्षक महिला स्वास्थ्य स्वंयमसेविका लगायतको उपस्थित रहेको थियो ।
बालाराम शेर्पाली । ३० चैत्र २०७९, बिहीबार