विनोद चौधरीको कारण दुई घर भत्किए,अरु आधा दर्जन धरापमा


कहिले एमाले,कहिले काङ्ग्रेस साँसद विनोद चौधरीको लगानीमा निर्माणाधीन अपार्टमेण्टका कारण कुपण्डोल नजिकै दुई घर भत्किएका छन् । सानेपा हाइटस्थित पुरानो होटल समिट भएको ठाउँमा बनाइएको अपार्टमेण्टका कारण वरपरको जमिन भासिएको स्थानीयले बताए ।

अपार्टमेण्टको डिजाइनमै कैफियत रहेको खबर यसअघि जनआस्थाले प्रकाशित गरेको थियो । शहरी विकास मन्त्रालयलगायत निकायमा आर्थिक र राजनीतिक पहुँचको भरमा उक्त नक्सा पारित गरिएको थियो ।

प्रहरीका अनुसार होटल समिटसँगैको एउटा पुरानो घर क्षतिग्रस्त भएको छ । नजिकै निर्माणाधीन एउटा भवनको पनि भुईं तला भासिएको छ । गए राति जमिन भासिएपछि वरपर सबै घरका मानिस बाहिर निस्केर भागेका थिए ।

यता ललितपुर महानगरपालिकाको प्राविधिक टोलीले बन्दै गरेको भवन क्षेत्रको अध्ययन गरिएको जनाएको छ । मापदण्डविपरित बनाइएको नक्सा,खोतलिएको जमिनका कारण समिट होटल क्षेत्रका अधिकांश घर जोखिममा परेका छन् ।

तपाईको प्रतिक्रिया