६० बर्षीया महिलाको झुण्डिएको अवस्थामा शव फेला

सल्यान । सल्यानमा रुखमा झुन्डिएको अवस्थामा एक वृद्ध महिलाको शव फेला परेको छ । जिल्लाको दार्मा गाउँपालिका – २ ठानागाउँकी ६० बर्षीय कृष्णी खत्रीले आफ्नै घर देखी ५०० मिटर टाढा मौवाको रूखमा सलले घाँटीमा पासो लगाई झुण्डिएर रहेको अवस्थामा शुक्रबार बिहान करिब १०ः३० बजेको समयमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

आत्महत्याको कारण खुल्न नसकेको र अहिले मृतकको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको प्रहरी निरीक्षक सूचना अधिकारी श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया