छेडागाडका तीन वटा विद्यालयमा ल्यापटप


जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाका तीन वटा विद्यालयमा १÷१ वटा ल्यापटप हस्तान्तरण गरिएको छ । सुचना प्रविधिमा बिद्यालयको पहुँच वृद्धि गरी सिर्जनात्मक शिक्षण सिकाई क्रियाकलाप गर्न ल्यापटप हस्तान्तरण गरिएको हो ।

छेडागाड–१३ को सरस्वती आधारभुत बिद्यालय, १२ को चन्द्रज्योती आधारभुत बिद्यालय र १ को कालिका माध्यमिक बिद्यालयलाई उक्त कम्प्युटर सेट हस्तान्तरण गरिएको पाँच तारा यूवा संरक्षक मञ्च जाजरकोटले जनाएको छ ।

छेडागाड नगरपालिकामा पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा दोस्रो परियोजना मार्फत ३ वटा बिद्यालयलाई १÷१ वटा कम्प्युटर सेट सहयोग गरिएको हो ।

तपाईको प्रतिक्रिया