जाजरकोट । व्यावसायिक योग्यता प्रणाली, प्रदेश सरकारको भूमिका, निजी क्षेत्रको सहकार्य विषयक रोजगारदाता वीच कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा जाजरकोट सदरमुकाम खलंगा उक्त गोष्ठी सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीको प्रमुख आथित्यतामा सञ्चालन भएको कार्याशाला गोष्ठीमा जाजरकोट जिल्लाका रोजगारदाता उद्यमी, सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
सामाजिक विकास मन्त्रालयका उप–सचिव जवाहरलाल हमालको अध्यक्षता थियो भने नेपाल व्यावसायिक योग्यता प्रणाली कर्णाली प्रदेशका टेक्निकल कोअर्डिनेटर जनक बहादुर सुवर्णकार र टेक्निकल अफिसर सुरेन्द्र कुमार रामले पशिक्षण गरेका थिए ।
कार्यक्रमको सञ्चालन सामाजिक विकास मन्त्रालयमा कार्यरत लिलाराम सापकोटाले गरेका थिए । गोष्ठीमा उपस्थित सबैलाई नेपाल व्यावसायिक योग्यता प्रणालीका विषयमा जानकारी गराईएको थियो ।
अव रोजगारदता कम्पनीहरुले कर्मचारी खोज्न नेपाल व्यावसायिक योग्यता प्रणाली बाटै सकिने भएको जानकारी पाउँदा साह्रै खुशी लागेको यूवा उद्यमी धिरेन्द्र पुनले बताए । कार्यक्रम निकै प्रभावकारी भएको र यसले रोजगारदाता निकायहरुलाई दक्ष जनशक्ति व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने समन्वय प्रमुख खत्रीले बताए ।
हाम्रो पहुँच संवाददाता । २३ चैत्र २०७९, बिहीबार