
जाजरकोट । शिक्षाको गुणस्तर सुधारका लागि जाजरकोटको भेरी नगरपालिका वडा नंम्वर –८, का वडाध्यक्ष वीरबहादुर चन्दले ‘हेलो अध्यक्ष’ कार्यक्रम सञ्चालन गरेका छन् ।
कार्यकक्षमै रहेर तथा आफैँ विद्यालयमा गएर अध्यक्ष चन्दले शैक्षिक समस्या बुझ्ने र गुनासाहरू सुनेर सुधारका लागि आवश्यक सहयोग गर्ने र पृष्ठपोषण दिने गरेका छन् । शिक्षाको गुणस्तर सुधार विना समाज अघि बढ्न नसक्ने भएकोले यस्तो कार्यक्रम गरेको अध्यक्ष चन्दले बताए ।
वडाध्यक्षमा निर्वाचित भए लगत्तै थालिएको शैक्षिक सुधार कार्यक्रले शिक्षामा केही सुधारका संकेतहरु देखिएका छन् ।

विद्यालहरूमा शिक्षक, विद्यार्थी र अभिभावक अन्तरक्रिया कार्यक्रमबाट पनि थप सुधार भएको उनको भनाइ छ । वडाध्यक्षले आफ्ना वडाभित्र रहेका विद्यालयको अनुगमन गर्नको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, अभिभावक र समाजसेवीहरुलाई पठाउँछन् ।
उनीहरुले विद्यालयमा विद्यार्थी उपस्थित भए–नभएको, शिक्षक आए–नआएको, नियमति रुपमा पढाइ भए–नभएको हेर्छन् । साथै उनले विद्यालयमा मासिक परीक्षा र विद्यार्थीको पढाई सुधारको लागि मासिक रुपमा अभिभावक र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम समेत गर्न सुझाव दिने गरेका छन् । चन्द लामो समयदेखि नै शैक्षिक सुधारमा क्रियाशील देखिन्छन् ।

उनले सुरुवात गरेको हेलो अध्यक्ष अभियानबारे धेरैले खुलेर प्रशंसा गरिरहेका छन् । वडाध्यक्षमा निर्वाचित हुनुभन्दा पहिले चन्द सामुदायिक विद्यालयमा अध्यापन गराईरहेका थिए । चन्दले शैक्षिक सत्र सुरुभएपछि अझै यस कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।
















































हाम्रो पहुँच संवाददाता । २१ चैत्र २०७९, मंगलवार