उर्जामन्त्री बस्नेतलाई जाजरकोट बाट नागरिक समाजको खुल्ला पत्र !

  • हार्दिक वधाई, शुभकामना तथा विशेष अपेक्षाहरु

    जाजरकोट जिल्लाका प्रतिनिधि सभा सदस्य श्री शक्ति वहादुर वस्नेत नेपाल सरकारको उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री नियुक्त भएकोमा हार्दिक वधाई तथा शुभकामनाका साथै केही विशेष अपेक्षाहरु राख्दछु, गम्भीरताका साथ स्वीकार एवं सम्वोधन गर्न अनुरोध छ ।

  • नेपाली समाजका गरिव केन्द्रीत आमूल परिवर्तनका लागि सहादत दिएका सहीदका सपना मार्गदर्शक सिद्धान्तहरु हुन् भन्न नविर्सनु होला ।
  • नेपाली राजनीति, वर्तमान शासन र विकासका निर्णय प्रक्रियामा विचौलिया र माफियाको विगविगीवाट सजग रहनुहोला ।
  • देशको जर्जर आर्थिक संकटका कारण चरम राजनीतिक असफलता संगै सीमित राजनीतिक र सामाजिक उपलव्धी पनि गुम्न सक्ने जोखिमलाई ख्याल गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि केही अप्रिय निर्णय लिन पनि नडराउनु होला ।
  • विकास योजनाका नाममा चाकडी, पार्टी र नाता लगाएर र पैंसाको चलखेलमा योजना लिने, जनता ठग्ने र पार्टीको लोकप्रियतालाई खरानी वनाउने संस्कार वसेको छ, यसलाई क्रमभंग गर्नुहोला ।
  • केन्द्रीय राजनीतिमा अर्थपूर्ण भूमिकाका साथै कर्णाली प्रदेश र जाजरकोट जिल्लाका प्रमुख सरोकारवालाहरु संग नियमित समन्वय सम्पर्कमा रहनुहोला ।
  • तपाईको भूमिकालाई अझ परिणाममूलक वनाउन फेसवूके चाकडीवाट सजग रहनुहोला, आफ्नो सचिवालयलाई गतिशील, जिल्ला र गरिवमैत्री तथा सूचनामैत्री एवं विश्वासयोग्य वनाउनुहोला ।
  • जिल्लावासीलाई सम्भव भए सम्म निर्णय प्रक्रियामा प्रभाव पार्ने राज्यका शासकीय अंगहरुमा पहुँच र स्थान वनाउने प्रयास गर्नुहोला ।
  • बाँकी भेटमा ।
  • जाजरकोट जिल्लाका नागरिक समाजको तर्फवाट,
    राजेन्द्र विक्रम शाह
तपाईको प्रतिक्रिया