को हुन् उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा शक्ति बस्नेत ?

जाजरकाेट ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेत ऊर्जामन्त्री बनेका छन् । बस्नेतले शुक्रवार उर्जामन्त्रीको रुपमा सपथ लिन लागेका हुन् ।

नयाँ मन्त्रीहरुले आज दिउँसो ३ बजे शपथ लिने तयारी छ । बस्नेत यसअघि गृह,वन र स्वास्थ्यमन्त्री भएका थिए । उनी गृहमा जान इच्छुक थिए ।
तर, माओवादी उपाध्यक्ष समेत रहेका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री नपाए राजीनामा दिने अडान राखेपछि बस्नेतलाई ऊर्जा मन्त्रालय दिन लागिएको हो ।
माओवादीमा बस्नेतलाई नै गृहमा पठाउन प्रधानमन्त्री दाहाललाई दबाव थियो । तर, श्रेष्ठले गृहमा अडान नछोडेपछि बस्नेतलाई उर्जामा मन्त्री बनेका हुन् ।
बस्नेत लगातार तीन पटक संसदीय निर्वाचनमा जाजरकोटबाट निर्वाचित भएका नेता हुन् । माओवादी जनयुद्धमा कर्णाली, थारुवान, भेरी जस्ता क्षेत्रीय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गरेका वस्नेत माओवादीभित्र अध्यक्ष दाहालका विश्वासिला नेताका रुपमा चिनिन्छन् ।
को हुन् शक्ति बस्नेत ?

उर्जा मन्त्री बनेका शक्तिबहादुर बस्नेत जाजरकोटको ग्रामीण वर्ग संघर्षवाट राजनीति सुरु गरेका नेता हुन् । वि सं २०२८ साल बैशाख १ गते बुवा डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मेका हुन् बस्नेत । उनका तीन भाई रहेका छन् । उनकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी हुन भने, उनकी एक मात्र सन्तान छोरी संगम बस्नेत रहेकी छिन् ।

बस्नेतको राजनीतिक जीवन भने ०४६÷४७ बाट मात्र सुरु भएको हो । तत्कालिन एकिकृत माओवादीमा ०५५ मा वैकल्पिक केन्द्रीय सदस्य ०५७ मा पूर्ण केन्द्रीय सदस्य र ०५७ मा पूर्ण केन्द्रीय सदस्य भएका हुन । जन—परिचालनमा उनी निपूर्ण मानिएका नेता हुन् ।

२०५९ सालमा पार्टी पोलिट व्यूरो सदस्य भएका शक्तिले भेरीकर्णली, थारुवान जस्ता क्षेत्रिय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गर्दै, ६१÷६२ को डाँढमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ति सेना नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी भएका थिए ।

२०५९ सालमा पार्टी पोलिटव्युरो सदस्य भएका शक्तिले भेरी कर्णाली, थारुवान जस्ता स्वयत ईलाकाहरुको कुशलता पुर्बक ईन्चार्ज सिपको भूमिका निर्वाह गरेका थिए ।
बस्नेतले २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफुलाई उभ्याएका थिए । २०७१ सालमा पार्टी स्थायी कमिटी सदस्यमा निर्वाचित बस्नेत पार्टी भित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहदै आएका छन् ।
शिक्षा

जाजरकोट खलंगा –९ कालेगाउँ गरिब किसान घरपरिवारमा जन्म लिएका शक्ति बस्नेत २०४७ सालमा भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएका थिए । उनले यसै भेरी ज्ञानोदय क्याम्पसवाट वी.ए. सम्मको पढाईलाई पुरा गरेका थिए । अहिले उनी मास्टर डिग्री गरिरहेका छन् ।

राजनीतिक यात्रा
ग्रामीण वर्ग संघर्षलाई उठान गरेर सशस्त्र वर्ग संघर्षको माध्यमवाट नयाँ जनवादी राज्य सत्ता स्थापना प्राप्त गर्ने मार्ग दर्शनवाट अभिप्रेरित युवा शक्ति बहादुर वस्नेत २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकताकेन्द्र (मशाल)मा आवद्ध भएका थिए ।
बस्नेत २०४८ सालमा तत्कालिन एकता केन्द्र (मशाल) राप्ती क्षेत्रीय समन्वय समिति सदस्यको जिम्मेवारीमा रहेर पार्टी कामको भुमिकालाई पुरा गर्दै आएका थिए भने २०४९ साल देखि पार्टी जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए ।

मन्त्री बस्नेतले २०५१ साल देखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पश्चिम क्षेत्रीय व्युरो सदस्यको जिम्मेवारीमा रहेर ग्रामीण वर्ग संघर्षको फिल्ड नेतृत्व गर्दै आएका थिए । यही समयमा जिल्लाका सचेत युवाहरुको टिमले बर्ग संघर्षलाई संगठित गर्नका लागि ग्रामीण संघर्षलाई तिव्रता दिएको थियो ।

गाउँका सामन्तहरुको घर सेवोटेज गर्ने, जाली तमसुकहरु जलाउनुका साथै कयौं जनविरोधि फटाहहरुको बारीका मुला फाल्ने सम्मका गतिविधीहरुको कमाण्ड र निर्देशन गर्दै आएका बस्नेत २०५५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को बैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए । २०५७ साल देखि पार्टी केन्द्रीय सदस्य जिम्मेवारीमा रहेका बस्नेतले भेरीकर्णली क्षेत्रिय व्युरो ईन्चार्जको भुमिका निर्वाह गरे । २०५९ सालमा पार्टी पोलिट व्यूरो सदस्य भएका शक्तिले भेरीकर्णली, थारुवान जस्ता क्षेत्रिय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गर्दै, ६१÷६२ को डाँढमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ति सेना नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी भएका थिए । ०७१ मा उनी पार्टीको केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् ।

शक्ति बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफुलाई उभ्याएका थिए । २०७१ सालमा पार्टी स्थायी कमिटी सदस्यमा निर्वाचित वस्नेत पार्टी भित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहदै आएका छन् । २०७२ मा भारतले गरेको अघोषित नाकाबन्दीमा उनले गृहमन्त्रीको रुपमा सफल काम गरेका थिए । देशको विषम् परिस्थितिमा देश र जनताको शान्ती सुरक्षालाई पुन रुपमा खरो रुपमा उत्रन उनलाई सजिलो थिएन ।

नाकाबन्दी जस्तो विषम समयमा बस्नेतले आफुलाई अडिग राखेर देशमा शान्ति र सुरक्षाका सवालमा कुनै सम्झौता हुन दिएनन् । एमाले संगको सहकार्यमा बनेको सरकारमा गृह मन्त्रालय सम्हालेको अबस्थामा उनको कार्यकालको चारैतिर बाट प्रशंसा भएको थियो । देशको समग्र सुरक्षा प्रशासनलाई नितिगत सुधार गर्न, नाकाबन्दी र मधेश आन्दोलनको सहज व्यवस्थापन गर्न सफल पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतको वातावरण मन्त्रालय तेस्नो अनुभव हो । उनले सुरुमा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए । गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालिसकेका बस्नेत चौथो पटक उर्जा मन्त्री बनेका हुन् ।

तपाईको प्रतिक्रिया