काठमाण्डाैं । सत्ता गठनबन्धनमा सहभागी दलहरूबीच मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, एकीकृत समाजवादी पार्टीलाई २ मन्त्रालय दिइने भएकाे छ ।
कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚सामान्य प्रशासन‚स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ ,भने माओवादी केन्द्रले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो ।
त्यसैगरी एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ ।नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।
प्रधानमन्त्री दाहाल आजै नयाँ मन्त्रीहरुको सपथ खुवाउने तयारीमा छन ।
हाम्रो पहुँच संवाददाता । १६ चैत्र २०७९, बिहीबार