मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिने

blog
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाको विश्वासको मत स्पष्ट पार्नुहुने भएको छ । मुख्यमन्त्री भइसकेपछि उहाँले चैत १७ गते दोस्रो पटक विश्वासका मत लिनुहुने भएको हो ।गएको पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुँदा समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपरेको हो । कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपाले केन्द्रको सत्ता समीकरण फेरिएपछि फागुन १८ गते समर्थन फिर्ता लिएको थियो ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव पेस गर्ने वातावरण मिलाइदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संसद् सचिवालयलाई पत्र पठाएको छ । यसअघि माघ ६ गते मुख्यमन्त्री शर्माले पहिलोपटक संसदबाट विश्वासको मत पाउनुभएको थियो । त्यतिबेला राप्रपासहितका २५ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए ।

तपाईको प्रतिक्रिया