जाजरकोट । भेरी नगरपालिका वडा नं ०५ का १ सय १८ जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ । आईतबार भेरी नगरपालिका ५ को काफलचौरमा सञ्चालन भएको शिविरमा ११८ जना जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको भेरी नगरपालिकामा कार्यरत अधिकृत सुधा हमालले जानकारी दिईन् ।
उनका अनुसार नगरपालिकाले अपांगता परिचय पत्र र जेष्ठ नागरिक परिचय पत्र सम्बन्धी शिविर सञ्चालन गरिरहेको छ । आँखा, कानका साथै चेकजाँच गर्ने विशेषज्ञ डाक्टर सहित नगरपालिकाले शिविर सञ्चालन गरेको छ ।
काफलचौरमा भएको शिविरमा भेरी नगरपालिका उप प्रमुख सिता जैसी, डाक्टर समिक्षा मल्ल, डाक्टर विनोद चौधरी, रेडक्रस जाजरकोटका कर्मचारी प्रदिप जंग शाह,भेरी नगरपालिकामा कार्यरत अधिकृत सुधा हमाल सहित नगरपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियाे । गाउँमै परिचय पत्र पाउँदा स्थानीय निकै खुशी भएका छन् । नगरपालिका भित्रका जनतालाई सहजताका लागि परिचय पत्र वितरण गरिएको उप प्रमुख जैसीले बताईन् ।
हाम्रो पहुँच संवाददाता । १२ चैत्र २०७९, आईतवार