गलत प्राविधिक स्टिमेटका कारण सडक पुनः मर्मत गर्नुपर्ने बाध्यता

blog
जाजरकोट । जाजरकोटमा दुई वर्ष नबित्दै सडक मर्मत गर्न थालिएको छ । भेरी नगरपालिका–४, रामजानकी टोलदेखि भेलहाले मूल सडक जोड्ने सडक प्राविधिकको गलत स्टिमेटका कारण पुनः मर्मत गर्नु परेको बताइएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को भेरी नगरपालिकाले सडक निर्माणमा १५ लाख खर्च गरेको थियो। प्राविधिकको गलत स्टिमेट, उपभोक्ता समितिको लापरबाहीले बजेटअनुसार काम सम्पन्न नभएपछि करिब आठ लाख रुपियाँ फिर्ता भएको थियो ।

नेपाल सहरी विकास तथा पूर्वाधार परियोजनाले चालू आर्थिक वर्षमा भेलहालेदेखि दरबारसम्म बाटो निर्माणका लागि २० लाख बजेटले निर्माण सडकको ढलान भत्काएर पुनः नाला निर्माण गर्न थालिएको छ । उक्त सडक निर्माण गर्न बालकृष्ण खनालको नेतृत्वममा निर्माण समिति गठन गरिएको थियो । प्राविधिकले नालाको स्टिमेट नगरेपछि वर्षायामको भेल पानी बाटोबाट बगेर सर्वसाधारणको घरआँगनमा गएर क्षति गर्न थालेपछि ढलान भत्काएर पुनः नाला बनाउन थालिएको छ ।

तपाईको प्रतिक्रिया