भेरीमा कक्षा ८ को परीक्षा सुरु, १११९ विद्यार्थी सहभागी

No description available.
जाजरकोट । भेरी नगर स्तरीय कक्षा ८ को परीक्षा सुरु भएको छ । आईतबार बाट नगर स्तरीय परीक्षा सुरु भएको भेरी नगरपालिका शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए । १ हजार १ सय २९ विद्यार्थीको सहभागिता भएको छ । २२ वटा सामुदायिक विद्यालय र २ संस्थागत गरी जम्मा २४ वटा विद्यालयमा परीक्षा सुरु भएको पुनले बताए । परीक्षा आगामी चैत्र १३ गते सम्म चल्नेछ ।

No description available.

तपाईको प्रतिक्रिया