भेरी ज्ञानोदय क्याम्पसको सभापतिमा नेविसंघका प्रकाश सिंह निर्वाचित

जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका प्रकाश सिंह निर्वाचित भएका छन् । आईतबार भएको निर्वाचनमा सिंहले ११० मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी अनेरास्ववियूका छविराज सिंहले ८० मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूका प्रेम विश्वकर्माले ४० मत प्राप्त गरेका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका भुपेन्द्र नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका मालबहादुर सिंहले ६१ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका पुष्पराज वलीले ५१ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षका अखिल क्रान्तिकारीका विनोद राज गोसाई निर्वाचित भएका छन् । उनले १२९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रतिमा खत्रीले ७१ मत ल्याएकी छन् । सदस्यहरुमा यूवराज सिंह र रमेश जैशी निर्वाचित भएका छन् । सिंहले १४२ मत प्राप्त गरेका छन् भने जैशीले १११ मत ल्याएर विजयी भएका हुन् ।

सदरमुकाम खलंगामा रहेको क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी वीच चुनावी तालमेल भएको थियो । वाम लोकतान्त्रिक गठबन्धनको पुरै प्यालनै विजयी भएको निर्वाचन अधिकृत भिमेनन्दनाथ योगीले जानकारी दिए ।

भेरी ज्ञानोदय क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पसका रुपमा रहेको छ ।

तपाईको प्रतिक्रिया