कालीकोटको नन्दादेवी क्याम्पसमा स्ववियुको निर्विरोध नेतृत्व चयन

कालीकोटको नन्दादेवी क्याम्पसमा स्ववियुको निर्विरोध नेतृत्व चयन
कालिकाेट । कालीकोटको नरहरिनाथ गाउँपालिमा रहेको नन्दादेवी बहुमुखी क्याम्पसमा स्ववियुको निर्विरोध नेतृत्व चयन गरिएको छ। आइतबार नरहरिनाथ गाउँपालिकाको कोटबाडामा रहेको नन्दादेवी बहुमुखी क्याम्पसको स्ववियुको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो।

त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पस नन्दादेवी बहुमुखीमा स्ववियुको अध्यक्ष नेपाल विद्यार्थी संघको भागमा परेको छ। अध्यक्षमा जुनिता बिष्ट, उपाध्यक्षमा अखिल क्रान्तिकारी विप्लवका संग्राम शाही, सचिवमा अनेरास्ववियुका टेकबहादुर बोगटी, सह–सचिवमा अनेरास्ववियु समाजवादीका रोशन बिष्ट र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका यशोदा शाही सर्वसम्मत चयन भएका छन्।

यस्तै, सदस्यहरुमा अखिल क्रान्तिकारीबाट मंगलबहादुर बिष्ट, नेविसंघबाट अन्जु सहकारी, अखिल क्रान्तिकारी विप्लवबाट सागरबहादुर सहकारी, अखिल क्रान्तिकारीबाट दिनेश विक, अनेरास्ववियु समाजवादीबाट खाम्म दर्जी र अनेरास्ववियुबाट सुशिला बोहरा सर्वसम्मत चयन भएका छन्।

तपाईको प्रतिक्रिया