‘संसदीय व्यवस्थालाई खरानी पार्न स्ववियूको आवश्यकता हो’


स्ववियू देशमा रहेको शैक्षिक आन्दोलन मात्र नभई राजनीतिक आन्दोलनको पनि नेतृत्वदायी भुमिका खेलेको बिद्यार्थी संगठन आज विभिन्न पार्टीको सेवा र कारिन्दा बनेको प्रष्ट देखिन्छ । स्ववियू निर्वाचनमा देखिएको लाचार दृष्टि नै विद्यार्थी संगठनहरु पार्टीको छायाँमा परि आफ्नो अधिकार प्रयोग गर्न नसक्नु मुख्य रहेको छ । पार्टीको निर्णय नै अन्तिम निर्णय मान्नुपर्ने पार्टीको जिम्मेवार व्यक्तिहरु हस्तक्षेपकारी ढंगबाट क्याम्पस कब्जा गर्ने उद्धेश्य बोकेर हिड्ने लाचार मान्छेहरु आज देख्यौ ।

स्ववियू निर्वाचन मुखैमा आईरहेको बेला यहाँ आज नयाँ अनुहारहरु पनि देखा पर्दैछन । कि विद्यार्थी आन्दोलनको बारेमा कहिलै नसुनेका केही नबुझेका जसलाई स्ववियुको अस्तित्व र उद्धेश्य नै थाहा छैन । उ मान्छे कुनै पार्टीको जिम्मेवार ब्यक्ति हो । साच्चिकै उ संग उफ्रने केही जनप्रतिनिधि पनि छन् । जसलाई जनताले भोट दिएर सरकारमा पुर्याएका छन् । उनीहरुलाई थाहा छैन । स्ववियू निर्वाचन विद्यार्थीहरुको साझा आन्दोलन हो । यसले सम्पुर्ण विद्यार्थीको अपनत्व हुने गरी साझा सवालहरु उठाउनु पर्छ तर के थाहा छ भने जसरी पनि हाम्रो पार्टीको विद्यार्थी संगठन । साँच्चिकै भन्नुपर्दा हाम्रो पार्टीको मान्छेले चुनाव जित्नुपर्छ ।

विश्वविद्यालय \ क्याम्पस प्रमुखहरु आज कुन पार्टीको आस्थावान भनौ भने कुन संगठनमा छ । त्यसको आधारमा आन्तरिक चलखेल मिलाउने र आफुलाई असर नपार्ने मनस्थितिमा आफ्नो पार्टीको संगठनलाई जिताउन खोज्छ । उनीहरुलाई यो थाहा छैन कि जुनसुकै विद्यार्थी संगठनले स्ववियू नेतृत्व गरेपनि त्यो प्रशासनको, मानौ सत्ताकै रचनात्मक प्रतिद्वन्दी बन्नुपर्छ । तर आज पार्टीको प्रत्येक्ष हस्तक्षेपले स्ववियूको अस्तित्वलाई ओझेलमा पारिरहेको छ ।

देशमा भैरहेको विकृति ,बिसंगति ,भ्रष्टाचार ,कालोबजारी , चोरी ,डकैति ,हत्या,हिंसा, बलात्कार ,राष्ट्रघाति सन्धी सम्झौताको बिरुद्धमा लड्ने संगठन साँच्चिकै भन्नुपर्दा वर्तमान संसदीय व्यवस्थाको बिरुद्ध शसक्त रुपमा जीवन सुम्पेर निरन्तर संघर्षको मोर्चा सम्हालेको संगठनहरुलाई निषेध गर्नलाई एम,सि,सि का मतियार संगठन र दलाल संसदीय व्यवस्थाका हिमाईते पार्टीका नेताहरु मात्रै नभई सरकार चलाईरहेका जनप्रतिनिधिहरु पनि कस्सिएर लागेको देखिन्छ । उनीहरुलाई यो कुरा थाहा छैन कि समयको प्रवाह लाई कसैले रोक्न सक्दैन । जुनसुकै अबस्थामा पनि आम विद्यार्थीको नेतृत्वदायी संगठन सडकमा छ भन्ने ।

आज स्ववियू निर्वाचन उम्मेदवारी दिनकै निमित्त आज सहरमा बसेर ठूलो ठूलो प्राविधिक शिक्षा पढिरहेको एउटा विद्यार्थी गाउँको क्याम्पसमा जान्छ अनि भन्छ, ‘मलाई जिताएपछी विद्यार्थी हकहितको लागि लडछु ।’ निजी स्कुलमा पैसा लगानी गरिरहेको विद्यार्थी जान्छ अनि भन्छ, ‘म शैक्षिक असमानता हटाउछु । चुनावको बेला मन्त्री र पार्टीका नेताको अघिपछि हिड्ने एउटा कार्यकर्ता जान्छ अनि भन्छ म क्याम्पसलाई रराजनीतिक हस्तक्षेप मुक्त गराउछु ।’

हिजो अस्ति रक्सी गाजा खाएर चोकतिर मान्छेलाई थर्काउदै हिडिरहेको अर्को मान्छे जान्छ र भन्छ, ‘म क्याम्पसलाई सुशासनयुक्त र शान्तिपुर्ण बनाउछु ।’ आजको असली स्ववियूको चरित्र हामिले देख्ने गरेका छौ । आज संसदवादीहरुको जुन चरित्र देखा परेको छ । यो नितान्त विद्यार्थी आन्दोलन र स्ववियू अस्तित्व च्युत बनाउने र लाखौं विद्यार्थी तथा जनतालाई निरासापनमा धकेल्ने क्रियाकलाप देख्ने गर्छाै ।

यो प्रवृतिले न गुणस्तर ,व्यवहारिक, वैज्ञानिक शिक्षाको खोजी कल्पनामा रमाउनु सरह हो । यो नै संसदवादीहरुको मुल चरित्र छताछुल्ल देशैभर पोखिएको छ । यसको विकल्पमा सम्पुर्ण सच्चा देशभक्त प्रगतिशील क्रान्तिकारी जनतान्त्रिक विद्यार्थीहरुले शसक्त रुपमा सडक हुँदै सदन सम्म पुगेर व्यवस्थाको विकल्पमा आन्दोलनको राको बालेर संसदीय व्यवस्थालाई खरानी बनाउनु नै स्ववियूको मर्म हुनेछ ।

लेखक सिंह नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटका संयोजक हुन् ।

तपाईको प्रतिक्रिया