नलगाड क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी


नलगाड । नलगाड बहुमुखी क्याम्पसमा अनिश्चिकालिन तालाबन्दी गरिएको छ । नेकपा विप्लव र बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अनिश्चिकालिन तालाबन्दी गरेको हुन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा विप्लव र बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी वीच स्ववियूको चुनावमा सहमति गर्ने निर्णय भएको थियो ।

तर निर्णय विपरित माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले मनोमानी ढंगले सबै पद लिन खोजेपछि क्याम्पसमा तालाबन्दी गरिएको विप्लव निकट विद्यार्थी संगठनका एक नेताले बताए । त्रिभुवन विश्व विद्यालय मातहत रहेको क्याम्पसमा स्ववियू निर्वाचन चैत्र ५ गते हुने कार्यतालिका छ ।
यस्तो छ विज्ञप्ती

No description available.

तपाईको प्रतिक्रिया