स्ववियू निर्वाचन : भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा ताला, उपकुलपतिको पुत्लादहन (भिडीओसहित)

No description available.
जाजरकोट । मध्यपश्चिम विश्वविद्यालय मातहतको भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटमा तालाबन्दी गरिएको छ । चैत्र ३ गते हुने भनिएको स्ववियू निर्वाचन स्थगित भएपछि क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका हुन् ।

निर्वाचन स्थगित गरेको विरोधमा खलंगामा प्रर्दशन गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको पुत्लादहन गरिएको छ । आफ्नो अनुकुलमा स्ववियू निर्वाचन नभएपछि उप कुलपतिले स्ववियू निर्वाचन स्थगित गरेको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् ।

No description available.

एमालेको कार्यकर्ता भएको र आफ्नो विद्यार्थी संगठन अनेरास्ववियूले सबै आंगिक क्याम्पसमा हार्ने देखिएपछि निर्वाचन स्थगित गरेको अखिल क्रान्तिकारी कर्णाली प्रदेश प्रमुख सचिव अटल आचार्यले आरोप लगाए । यस्तै, विश्वविद्यालयको बैठकले केन्द्रीय क्याम्पसको सँगै अन्य आंगिक क्याम्पसको पनि स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ ।
साथै विश्वविद्यालयले निर्वाचन सम्पन्न गर्नका लागि सहज वातावरणका लागि सम्पूर्ण विद्यार्थी संघ संगठनहरुसँग आवश्यक छलफल एवं परामर्श गरी उपयुक्त समयमा निर्वाचनको मिति निर्धारण गरि निर्वाचन गर्ने निर्णय समेत गरेको छ । १० वटा आंगिक क्याम्पसमध्ये तीनवटा क्याम्पस लुम्बिनी प्रदेश र ७ वटा कर्णाली प्रदेशमा पर्दछन् ।

No description available.

तपाईको प्रतिक्रिया