पहिलो पटक जाजरकोटमा नेपाली टाईपिङ प्रतियोगिता हुदै

Speed Typing Test, Speed Typing Test Online, Typing Speed Test Free, Speed Typing Online, Typing Practice, Typing Master, Average Typing Speed, Typing Test practice, Speed Typer,
जाजरकोट । जाजरकोटमा पहिलो पटक जिल्ला स्तरीय खुल्ला नेपाली टाईपिङ प्रतियोगिता हुने भएको छ । मालिका कलेज अफ इन्फरमेशन टेक्नोलोजीको आयोजनामा आगामी चैत्र ४ गते जिल्ला स्तरीय खुल्ला नेपाली टाईपिङ प्रतियोगिता हुने भएको हो ।

मानव जीवनमा कम्प्यूटर शिक्षा आजको आवश्यकता हो भन्ने विषयलाई विशेष केन्द्रविन्दुमा राखी टाईपिङ प्रतियोगिताको आयोजना गरिएको कलेजका सहायक मेनेजर भाबुक रिदम बाबुले जानकारी दिए ।

उनका अनुसार आगामी चैत्र ४ गते शनिवारका दिन उक्त प्रतियोगिता सञ्चालन हुनेछ । विजेतालाई प्रमाण पत्र र मेडल प्रदान गरेको उनको भनाई छ । दर्ताका लागि चैत्र ४ गते विहान ८ बजे सम्म नाम दर्ता गराउन सकिनेछ ।

May be an image of text that says 'मालिका कलेज अफ इन्फरमेशन टेक्नोलो जिल्ला स्तरीय Typîng Competition ctition चैत्र २०७९ भेरी नगरपालिका-8, गैरीखाली शनिवार मालिका कलेज जाजरकोट आयोजक मालिका कलेज अफ इन्फरमेशन टेकनोलोजी'

तपाईको प्रतिक्रिया