वडाध्यक्षको पहलमा सडक वत्ती जडान

May be an image of street
जाजरकोट ।  भेरी नगरपालिका ०४ का विभिन्न स्थानमा सडक बत्ती जडान गरिएको छ । गैरीखाली, शान्तिचौतारा, रानागाउँ बोहरागाउँ, रामजानकी टोलमा सडक वत्ती जडान गरिएको हो ।

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको शसर्त अनुदान र वडा वडा नं ४ का वडाध्यक्ष बसन्तप्रसाद शर्माको पहलमा सडक वत्ती जडान गरिएको हो । वत्ती वलेपछि पैदल यात्रा गर्ने यात्रुलाई आवतजावतमा सहजता भएको छ ।
वडा भित्र हुने चोरी डकैती न्यूनीकरणमा सहयोग पुगेको वडाध्यक्ष शर्माले बताए ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, खानेपानी तथा सिचाई कार्यालय, पूर्वाधार विकास कार्यालय, सामाजिक विकास कार्यालय, कृषि विकास कार्यालय, नेपाल बैंक, राष्ट्रिय वाणिज्य वैक, कृषि विकास बैंक लगायत आधा दर्जन सरकारी कार्यालय रहेको मुख्य चोकमा जडान गरिएको छ ।

May be a closeup

जडान सम्पन्न भएका स्थानमा वत्ती बल्न थालेका छन् । ‘स्थानीय तहको निर्वाचनमा जनता सँग बजार क्षेत्रलाई सडक वत्ती जडान गरी झिलीमिली बनाउने प्रतिवद्धता गरेका थिए, उनले भने, ‘प्रतिवद्धता पूरा गर्दा खुशी लागेको छ ।’ आफ्नो वडा भित्र महत्वपूर्ण स्थानमा सडक वत्ती जडान गर्ने वडा जिल्लाकै पहिलो बनेको छ ।

May be an image of sky and text that says 'SHOT ON OPPO'

तपाईको प्रतिक्रिया