मुसीकोटमा सांस्कृतिक महोत्सव

रुकुम पश्चिम — रुकुम पश्चिममा शुक्रबारदेखि रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सुरु भएको छ । जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका–१ खलंगाको बराहटाकुरामा नगरपालिकाका प्रमुख महेन्द्र केसीले महोत्सवको उद्घाटन गरेका हुन् ।

‘रुकुम पश्चिम समृद्धिको आधार, कला, संस्कृति, पर्यटन विकास र उद्योग व्यापार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो । महोत्स्व आगामी चैत ७ गतेसम्म संचालन गरिने आयोजक समिति संयोजक डिल्ली परियारले बताए ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला संस्कृति पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सहआयोजनामा सुरु भएको महोत्सवमा विभिन्न स्थानीय झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, व्यावसायिक स्टलहरु, नृत्य आईडल र लाईभ दाहोरी हुने आयोजकले जनाए ।

तपाईको प्रतिक्रिया