
सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको भूविविधता रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताएका छन् ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा यूएन डिपीको नेपालस्थित विज्ञ टोलीसहितको कर्णाली प्रदेशको जोखिम संवेदनशील भूउपयोग नीति तथा योजना सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको भू विविधताको रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताए ।
कर्णाली भूबनोटको आधारले प्रदेश सरकारले हिमाल पहाड र तराईको भूगोल र माटोको विविधताको रक्षा र गर्न भूउपयोग नीति निर्माण गर्न लागेको बताए ।
सङ्घले निर्माण गरेको भूउपयोग नीतिमा टेकेर भूउपयोग नीति निर्माण गर्न लागेकाले सङ्घ सरकारको भूउपयोग नीतिमा बाझिएका केही प्रावधान तथा बुँदामा सुझाव सहित सच्याउन पहल गर्ने मुख्यमन्त्री शर्माको भनाइ छ ।
















































हाम्रो पहुँच संवाददाता । १७ फाल्गुन २०७९, बुधबार