
जाजरकोट । एन.आईसी लघुवित्त जाजरकोटका कर्मचारी गोपालप्रसाद उपाध्यलाई कालोमोसो दलिएको छ ।
भेरी नगरपालिका ११ का स्थानीयले चर्काे ब्याजदर असुलेको, पटक पटक घरमा ताला लगाउने धम्की दिएको, डर धम्की देखाउने, घरवारविहीन बनाउने काम गरेको भन्दै कालोमोसो दलेका हुन् । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले समेत स्थानीयहरुलाई सहयोग पुर्याएको छ ।
नेकपाले एक विज्ञप्ती जारी गर्दै जनतालाई चर्काे ब्याजदर लगाएको, गाउँघरमा मनपरी तन्त्र गरेकोले कालोमोसो दलिएको जनाएको छ । जब सम्म चर्काे ब्याजदर कम हुदैन् तव सम्म त्यस्ता खालका लघुवित्तका विरुद्ध संघर्ष गर्ने नेकपा जाजरकोटका सेक्रेटरी विराजन सीले जानकारी दिए ।

















































हाम्रो पहुँच संवाददाता । १६ फाल्गुन २०७९, मंगलवार