जाजरकोट । नेकपा जाजरकोटले लघुवित्तहरु विरुद्ध प्रशासनलाई १६ बुद्दे ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको कार्यकक्षमा पुगी नेकपाले १६ बुद्दे ज्ञापन पत्र बुझाएको हो ।
जाजरकोटका गाउँगाउँमा लघुवित्तहरुले गरीव परिवारहरुलाई विभिन्न धम्की दिने, चर्काे ब्याज लगाउने, आत्महत्या गर्न बाध्य पारिरहेकोले खारेजीको माग गर्दै प्रशासनलाई ज्ञापन पत्र बुझाईएको नेकपा जाजरकोटका सेक्रेटरी विराजन सीले जानकारी दिए ।
हेर्नुहोस् ज्ञापन पत्र
हाम्रो पहुँच संवाददाता । १५ फाल्गुन २०७९, सोमबार