जाजरकोट । जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नरबहादुर बस्नेत (एन.वि.) ले जाजरकोटको खेल क्षेत्र सरोकारवालाहरुको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् ।
सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बस्नेतले जाजरकोटमा खेल क्षेत्रमा खेलाडीहरुको बलियो सम्भावना भएपनि सरोकारवालाहरुले प्राथमिकतामा नराखेको बताएका हुन् ।
जाजरकोटको खेल क्षेत्र सेलाएको नभई यहाँका सरोकारवाला निकायहरु निदाएले खेल क्षेत्र गुनगाम बनेको बस्नेतले बताए ।
‘जाजरकोट बाट राम्रा खेलाडीहरु उत्पादन भएका छन्, उनले भने, ‘यहाँ खेलमैदानको निकै समस्या छ, तर स्थानीय तहहरुले खेलमैदान निर्माणमा ध्यान दिएका छैनन् ।’
खेल खेल्ने ठाउँ छैन् कसरी हामीले खेलकुदमा प्रगति गर्न सक्छौ भन्दै अध्यक्ष बस्नेतले आक्रोश व्यक्त गरे । आफ्नो कार्यकाल देखि नै खेल क्षेत्रले केही परिणाम दिएको बस्नेतले दावी गरे ।
हाम्रो पहुँच संवाददाता । १५ फाल्गुन २०७९, सोमबार