जाजरकोट । १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भगवती माद्यामिक विद्यालय कुदुमा हुने प्रतियोगिताको तयारी पुरा भएको जनाईएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नरबहादुर बस्नेतले जानकारी दिए । जिल्लाका सात वटै स्थानीय तहका खेलाडीहरुको सहभागिता रहनेछ । मंगलबार ( भोली) देखि सञ्चालन हुने प्रतियोगिता तीन दिन सम्म चल्ने छ । दिउँसो २ बजे प्रतियोगिताको उद्धघाटन हुनेछ ।
३० स्वर्ण पदका लागि हुने खेलमा भलिवल, कबड्डी,तेक्वान्दो एथलेटिक्स, कराँते खेलको प्रतियोगिता हुने खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । १५ फाल्गुन २०७९, सोमबार