जाजरकोट । नेकपा माओवादी केन्द्र जाजरकोटले दुई महिने अभियान संचालन गर्ने भएको छ । जिल्ला पार्टी संयोजक तथा केन्द्रीय सदस्य टेक बहादुर रावल दर्शनको अध्यक्षतामा शनिवार देखि जारी बैठकले विकास र समृद्धिका लागि पार्टी सुद्धिकरण अभियान चलाउने भएको हो ।
शनिवार जिल्ला पार्टी सचिवालय स्तरमा छलफल भएको र आइतवार समग्र जिल्ला पार्टी बैठकबाट अभियान संचालनलाई ठोस गरेर लैजाने बारे छलफल भईरहेको संयोजक तथा केन्द्रीय सदस्य जानकारी दिए ।
बैठकमा नयाँ परिस्थितिमा पार्टीले अगाडी सारेको नयाँ विचार, रणनीति र कार्यनीति बारे जिल्ला नेता तथा कार्यकर्तालाई स्पष्ट पार्ने समेत उनले बताए । अभियान अवधिमा शहिद परिवार, बेपत्ता परिवार घाइते र जनतासँग भेटघाट तथा छलफल हुने र जनताको घरघर सम्म पुग्ने बताइएको छ ।
जिल्ला पार्टी तथा केन्द्रीय सदस्य रावलको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज तथा पार्टी स्थायी समिति सदस्य काली बहादुर मल्ल, पार्टी स्थायी समिति सदस्य माया प्रसाद शर्मा लागायत अन्य केन्द्रीय सदस्यको बैठकमा सहभागिता रहेको छ ।
हाम्रो पहुँच संवाददाता । १४ फाल्गुन २०७९, आईतवार