नलगाड र बारेकोटमा असिना पानी


जाजरकोट । नलगाड र बारेकोटमा असिना पानी परेको छ । आइतबार दिउँसो करिब १ घण्टा लगातार असिना पानी परेको हो । यो समयमा पानी आवश्यक भए पनि असिना पानीले पसाउन लागेको जौ, गहुँ बालीमा क्षेती गरेको नलगाड नगरपालिका ४ का स्थानीय चन्द्र रावलले जानकारी दिए ।

एक घण्टा परेर रोकीएको असिना पानी फेरि लगातार परिरहेको किसान रावलले बताए । स्थानीय खन जोत गर्ने अन्य किसानलाई भने यो बेला परेको पानीले राहत गरेको छ ।

नलगाड नगरपालिका, बारेकोट गाउँपालिका लगायतका ठाउँमा असिना पानी परेको छ । असिना पानी परेपछि वातावरण चिसो हुँदा जनजीवन प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया