जाजरकोट । नेपाल कम्यूनिष्ट पार्टी निकट यूवा संगठन नेपालले लघुवित्त, मिटरब्याजी, मेनपावर र लागुऔषध दुव्र्यसन विरुद्ध निर्मम संघर्ष गर्ने घोषणा गरेको छ । संगठनको दक्षिण कर्णाली व्यूरोको प्रथम पूर्ण वैठकले निर्णय गरेको हो ।
वैठकमा केन्द्रीय सचिवालय, सदस्य व्यूरो इन्चार्ज विवश सी, पार्टीको व्यूरो इन्चार्ज संगम सी, रणदीप, कमल, संगठनका केन्द्रीय सचिव विश्लेषन सी, बाँके जिल्ला कमिटी सदस्य कल्पना सी, केन्द्रीय सदस्य सूर्यकिरण सी, केन्द्रीय सचिवालय सदस्य दिपक सीको उपस्थिति रहेको केन्द्रीय सदस्य गोविन्द्र सीले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । १३ फाल्गुन २०७९, शनिबार