‘बारेकोट चिन्ने र चिनाउने’ अभियानमा यूवा ( कार्यपत्रसहित)

No description available.
जाजरकोट । ‘बारेकोट चिन्ने र चिनाउने’ अभियानमा यूवा जुटेका छन् । शनिवार सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी यूवाहरुले ‘बारेकोट चिन्ने र चिनाउने’ अभियानको थालनी गरेका हुन् ।

खलंगामा बस्दै आएका यूवाहरुले बारेकोट प्रकृतिको खानी भएको र प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै यूवाहरुले बारेकोट चिन्ने र चिनाउने अभियान थालेको बताएका छन् । यूवाहरुले एक कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

अभियानलाई अझ प्रभावकारी बनाउन एक टीम समेत निर्माण गरिएको स्थानीय यूवा रमेश नेपालीले बताए । उनका अनुसार अध्यक्षमा भुपेन्द्र नेपाली, वरिष्ठ उपाध्यक्षमा टविन कार्की, महिला उपाध्यक्षमा पार्वती घर्ती मगर सचिवमा रमेश नेपाली,स–सचिवमा राजेन्द्र खत्री, कोषाध्यक्षमा शिला पुन, प्रवक्तामा विष्णु कार्की सहित २३ सदस्सीय जिल्ला कमिटी निर्माण गरिएको छ ।

No description available.

बारेकोट चिन्ने र चिनाउने अभियान’

अभियानको परिचय
कर्णालीको दुर्गम र विकट जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा रहेका समस्या र सम्भावनाहरुको पहिचान गरी तिनको प्रचारप्रसार गरी समाज रुपान्तरणमा टेवा पुर्याउने र नयाँ पुस्तालाई सकारात्मक सोच चिन्तनका लागि हौसला प्रदान गर्ने हेतुले सदरमुकाम खलंगामा रहनु भएका बारेकोट गाउँपालिका केही यूवा साथीहरु वीचको लामो छलफलपछि हामीले ‘बारेकोट चिन्ने र चिनाउने अभियान’ को सुरुवात गर्न खोजेका छौं । हामी अहिले अभियानको सुरुवात चरणमा छौं ।

यस अभियानलाई पुर्णता दिन र अभियानालाई सफल पार्नका लागि यस अभियानको संगठन विस्तार गर्न बाँकी नै छ । बारेकोट रुपान्तरणको योजना सहितको सक्षम नेतृत्वकर्तालाई हामी आजको यस छलफलबाट जिल्ला समन्वय सम्पर्क समितिको पदाधिकारीमा चयन गरी जिल्ला समन्वय सम्पर्क समिति विस्तार गर्ने छौं । हामी अभियानको सुरुवातमा भएको हुँदा यस अभियानको कार्यपत्रलाई पूर्णता खदिन सकेका छैनौं । सम्पर्कमा रहनु भएका साथीहरुवीच निरन्तर छलफल गरिरहेका छौं । हालसम्मभएका छलफलहरुका आधारमा हामीले यो कार्यपत्र तयार पारेका छौं । आवश्यकताका आधारमा प्रस्तुत कार्यपत्रलाई संशोधन गर्न सकिने छ ।

कर्णाली प्रदेशको राजधानी बाट करिब १९२ किलोमिटर उत्तरमा रहेको बारेकोट गाउँपालिकाको अधिकांश भू–भाग उच्च पहाडी भू–भागले ढाकेको छ । बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका रामिडाँडा,नायकवाडा, सक्ला र रोकायागाउँ गा.वि .स मिलेर बनेको बारेकोट गाउँपालिका आफैमा सम्भावनाको खानी हो । यहाँको जल,जंगल र जमिनको प्रचुर सम्भावना हुँदाहुँदै पनि राजनीतिक दल र सरोकारवाला निकायको नजरमा पर्न सकेका छैनन् ।

यस गाउँपालिकामा विभिन्न जातजाती,भाषाभाषी, धर्म संस्कृतिका मानिसहरु बसोबास गर्दै आएका छन् । जिल्ला सदरमुकाम जाजरकोट खलङ्गादेखि उत्तरी दिशामा रहेको बारेकोट गाउँपालिकाको पूर्वमा डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिका र जाजरकोट जिल्लाको नलगाड नगरपालिका पर्दछन् । पश्चिममा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका र जाजरकोट जिल्लाको कुशे गाउँपालिका पर्छन । त्यस्तै उत्तर तर्फ जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका पर्दछ भने दक्षिण तर्फ जाजरकोट जिल्लाको नलगाड नगरपालिका पर्दछ ।

भौगोलिक रुपमा अति विकट र दुर्गम भएतापनि बारेकोट गाउँपालिकाले पर्यटकीय,व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्त्वपूर्ण पहिचान दिएको छ । अवलोकन भ्रमण र जडिबुटी संकलनका दृष्टिकोणबाट महत्त्वपूर्ण सम्भावनाका साथै यहाँको ऐतिहासिक फलामखानी र जल सम्पदाले समेत महत्वपूर्ण सम्भावना बोकेको छ ।

वन,वन्यजन्तु,जलाधार,सांस्कृतिक,सम्पदा,मौलिक जीवनशैलीले बारेकोट सिँगारिएको छ । डोल्पा र जुम्ला जिल्ला सँग सिमाना जोडिएको यस बारेकोट क्षेत्रका प्राकृतिक स्रोत–साधन र जैविक विविधताको दिगो संरक्षण, सदुपयोग र प्रवद्र्धनका लागि संरक्षित क्षेत्र बनाउने कुरा पटकपटक चर्चामा आउने गरे पनि हाल सम्म यसले मूर्तरूप लिन सकेको छैन ।

बारेकोट गाउँपालिका लगायत नेपालका अन्य ३६ वटा स्थानहरुलाई दुर्लभ तथा लोपोन्मुख चराहरुको बासस्थानको महत्त्वपूर्ण क्षेत्रका रुपमा लिईन्छ । नलगाड जलविद्युत परियोजनाको उद्गमस्थल, पाँचहजार ४ सय १२ मिटर उचाइको रमणीय कराईचुली हिमाल, पवित्र तीर्थस्थल साइकुवारी र ठाकुरजी, दर्जनौँ दह र झरना, मनोहर लेकाली पाटन, घाँसे मैदान, मगर समुदायको परम्परागत सिर्पाचौरको बस्ती, दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा), कस्तुरी, हिउँचितुवा, ओत, वन कुकुर, हिमालीभालु, सुनगिद्ध, सेतो गिद्ध, कालिज जस्ता वन्यजन्तुको बास्थानलाई बारेकोटको पहिचानका रुपमा लिन सकिन्छ । लिम्साबाट जिरी÷दह सम्म करिब १२ किलोमिटर मोटरबाटोको ट्र्याक खोलिएको छ । साइकुवारी पदयात्रा दहबाट सुरु हुन्छ । यहाँबाट दुईवटा बाटामध्ये एक रोज्न सकिन्छ । एउटा दहबाट लाग्ना हुँदै जाने बाटो, जुनलामो छ तर सजिलो छ ।

अर्को दहबाट सीधै साइकुवारी जाने जुन सिधाउकालो चढ्नुपर्छ । साँझबास बस्न लाग्ना पुग्नुपर्छ । जुन करिब तीनहजार मिटरको उचाइमा अवस्थित छ । एकैदिनको यात्रामाकरिब ११० प्रजातिको चरा देख्न पाइन्छ । गिद्ध, चिल, डाँफे, मुनाल, चाँचर, कुटिया चरा हेर्दै र आवाज सुन्दै गुराँस र धूपीका वन छिचोच्दा उकालो हिँडाइको थकान यसै मेटिन्छ ।

No description available.

भोलिपल्ट कराइचुली हिमालमा परेको घामको झुल्कोसँगै लाग्ना आसपासको क्षेत्रमा चरा अवलोकन गर्दै पाटन तर्पmको उकालो लाग्न सकिन्छ । जन्तेको लेक,कराइचुली हिमालको काखमा रहेको रेड पाण्डा र कस्तुरी बस्ने वन,घोरल चर्ने भीर,नायकबडा,रामिडाँडा,शिल्पाचौरको मगर बस्ती, लगायतअन्य रमणीय दृश्यहरुको अवलकनगर्न सकिन्छ । करिब चार हजार चार सय मिटरको देउराली पुगेपछि ३६० डिग्रीको भू–दृश्यमा क्यामेरामा फोटा कतिखिच्नु, टिकटक भिडियो कति बनाउनु, कता तर्फको दृश्यलाई अवलकन गर्नु भ्याई नभ्याई हुन्छ ।

देउराली पुगेपछि पाटनको सुन्दरतामा दह÷पोखरीको उपस्थितिले नयाँ आयाम ल्याउँछ । देउरालीबाट उत्तर पश्चिमतर्फ देखिने जुम्लाको पवित्रती र्थस्थल ठाकुरजीको शिर र त्यसैको काखमा रहेको जाजरकोटको साइकुवारी मन्दिर र दहखासमा यो क्षेत्र दुई जिल्लाको पवित्र सङ्गमस्थलहो । देउरालीदेखि साइकुवारी सम्म चार हजार चार सयदेखि चार हजार छ सय मिटर उचाइको करिब पाँचकिलोमिटर दूरीमा एक दर्जनभन्दा बढी दह पर्यटकीय आकर्षणका केन्द्र पनि छन् । विषम भूगोलमा अवस्थित जलसम्पदा,यहाँका संरचना, जैविक तथा जैविक पक्ष अध्ययन अनुसन्धानको हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छन् । हामीले यीनै महत्वपूर्ण पर्यटकीय स्थलहरुको व्यपाक प्रचारप्रसार गर्न सकियौं भने पनि हामीले चिन्न नसकेको बारेकोटलाई विश्वव्यापी रुपमा चिनाउन सकिन्छ । यसले बारेकोटको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने आसाले हामीले बारेकोट चिन्ने र चिनाउन अभियानको थालनी गर्ने उद्धेश्य बोकेका छौं । यसमा सम्पूर्ण साथीहरुले साथ र सहयोग गर्नु हुनेछ भने अपेक्षा गरेका छौं ।

बारेकोट रुपान्तरणमा युवाको भूमिका

– स्थानीय सरकारको नजर बाहिर रहेका महिला,बालबालिका,युवा,जेष्ठ नागरिकका समस्यालाई स्थानीय सरकार समक्ष सम्ंवोधन गर्ने,
-बारेकोटमा रहेका विभिन्न प्रकारका कच्चा पदार्थहरुलाई स्थानीय सरकार मार्फत प्रशोधन गर्न पहल गर्ने,
– बारेकोटमा रहेका सम्पूर्ण विद्यालयहरुको तथ्याङ्क संकलन गरी पिछडिएका वर्ग समुदायका बालबालिकालाई कानुन बमोजिमको सेवा सुविधाहरु कार्यन्वयनमा ल्याउने,
– खेलपे्रमी युवाहरुका लागि खेलकुद सामाग्रीको व्यवस्थापन गरी खेलकुदमा विकास गर्ने,
– टुहुरा बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन पहल गर्ने,
– विविध
चुनौतीहरुः
– आर्थिक अभाव,
– राजनीतिक हस्तक्षेप,

– नीति निर्माणमा युवाको सहभागीत नहुनु,
– भौगोलिक विकटता,
– सुचनाप्रविधिको पहुँच नहुनु,
-कर्मचारीको मनपरी तन्त्र,
-विविध
कार्यपत्र
-सम्भावनको पहिचानगरि त्यसको प्रचारप्रसार गर्ने र आर्थिक विकासमा सघाउने,
-समाजमा रहेका विकृति विसङ्गतिका विरुद्धमा संघर्ष गर्ने,
-बढ्दो बालविवाह न्यूनिकरणका लागि आवश्यक पहल गर्ने,
– शिक्षामाभएको अननियमिता विरुद्धमा संर्घष गर्ने,
-संवैधानिक व्यवस्था अनुसार निःशुल्क माद्यामिक शिक्षा लागु गर्न पहल गर्ने,
– शैक्षिक क्षेत्रमा विद्यार्थीहरुबाट असुली भईरहेको चर्को शुल्कको नियन्त्रण गर्ने
– जनताका समस्याको पहिचान गरी सरोकारवाला निकाय समक्ष समाधानका लागि आवश्यक पहल गर्ने,
– नेतृत्व विकासका लागि युवा लक्षित विभिन्न कार्यक्रम गर्ने,
– लोप हुँदै गएका कला संस्कृतिको संरक्षणका लागि विभिन्न संस्कृतिक कार्यक्रमहरु गर्ने,
– नव सर्जकहरुलाई प्रोत्सोहन स्वरुप विभिन्न साहित्यक कार्यक्रमहरु गर्ने
– अभियानलाई बलियो बनाउन वडा स्तरसम्मअभियानको संगठन विस्तार
– अभियानलाई आर्थिक रुपमा बलियो बनाउन योजनाबद्ध रुपमा अगाडी बढ्ने
– विविध

तपाईको प्रतिक्रिया