जाजरकोट । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शिवालय गाउँ कमिटी गठन गरेको छ । शिवालय गाउँपालिकाको प्रथम सम्मेलन बाट गाउँ कमिटी गठन गरिएको अखिल क्रान्तिकारी जाजरकोटका ईन्चार्ज महेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार अध्यक्षमा तारा बुढा, वरिष्ठ उपाध्यक्षमा विष्णा क्षेत्री, उपाध्यक्षमा निखिल पुन, निरा बुढा, सचिवमा जुना रामजालि मगर, कोषाध्यक्ष सुनिता कुमारी बुढा सहित ५९ सदस्सीय गाउँ कमिटी निर्माण गरिएको छ ।
हाम्रो पहुँच संवाददाता । १२ फाल्गुन २०७९, शुक्रबार