गाउँपालिका महासंघ अध्यक्षमा सल्यानका केसी निर्वाचित


सुर्खेत । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशको दोश्रो अधिवेशनबाट अध्यक्षमा सल्यानको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी निर्वाचित भएका छन् ।

उपाध्यक्षमा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसी चयन हुँदा सचिवमा चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही चयन भएका छन् ।

यस्तै, सहसचिवमा शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाही चयन हुँदा कोषाध्यक्षमा सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द चयन भएका हुन ।

सदस्यहरुमा कलावती न्यौपाने, बुद्ध कुमारी खत्री, प्रेमकला शाही, विरेन्द्र बहादुर शाही, भरत गिरी, मिना खड्का, कर्ण रोकाय, गीता शाही, खड्क विक र छविराम सुवेदी रहेका छन् ।

तपाईको प्रतिक्रिया