जाजरकोट । नेकपा निकट युवा संगठन नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाला (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले निम्त्याएका समस्या, वित्तीय संघ संस्थाले निम्त्याएका समस्या र मिटर ब्याजिहरुले निम्त्याएका समस्याहरुको समाधान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत ज्ञापनपत्र बुझाएको हो ।
संगठनको केन्द्रिय समितिको पाँचौ बैठकले तय गरे अनुसार बुधबार जिल्ला प्रशासन कार्यालय पुगी ज्ञापनपत्र बुझाएको यूवा संगठन नेपाल जाजरकोटले जनाएको छ ।
देशका सबै जिल्ला प्रशासन कार्यालयहरुमा समेत सो ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।
हाम्रो पहुँच संवाददाता । १० फाल्गुन २०७९, बुधबार