स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियू ) बलिदानीपुर्ण संघर्ष बाट प्राप्त नेपाली विद्यार्थीको साझा संस्था हो । पञ्चायती निरंकुश कालो शासनले सबै संगठन माथि प्रतिबद्ध लगाई स्वतन्त्र रुपमा राजनैतिक गतिविधि गर्ने र अभिव्यक्ति गर्ने मौलिक अधिकार माथि हत्या गरेपछि नयाँ विकल्प र आन्दोलनको ससक्त साधन र संघर्षको रुपमा स्ववियू को सुरुवात भएको थियो ।
गरिमामय इतिहासको जगमा स्थापित स्ववियुको गरिमाको रक्षा रुपान्तरण विकाश र समय सापेक्ष विद्यार्थीको आशा भरोसा र विश्वासको केन्द्र बनाउन हामी सबैको दायित्व हो । वि. सं. २००७ साल देखि हाल सम्म सबै संघर्षहरु निर्णायक विजयमा नपुग्दै सम्झौता मार्फत आंशिक उपलब्धिमा सीमित बन्न पुगे । व्यवस्थाको नाम र नेतृत्वकर्ता पात्र मात्रै फेरिए तर समाजको आधारभुत संरचना बदल्न नसक्दा जनताको जीवनस्तर फेरिन सकेको छैन । यतिबेला मुलुकको राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक स्तर संकट र अस्तव्यस्त छ । राजनैतिक पात्रहरु एकअर्कालाई दोसारोपन गरि संसदीय व्यवस्थाको असफलता र कमजोरी लाई ढाकछोप गर्ने प्रविधि छ । यो पस्थितिमा क्रान्तिकारी युवा विद्यार्थीहरुको संघर्षरत एक निर्णायक आन्दोलन को जरुरी छ ।
दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद जनताको चाहना र संकटको समाधान हो । वर्तमान राजनैतिक संकटको अग्रगामी निकासको लागि नेकपा बहुमत ले संसदीय व्यवस्थाको अन्त्य सामाजिक रुपान्तरण राजनैतिक स्थिरता शान्ति समृद्ध र स्वाधीनता सहितको स्वाधीन संयुक्त सरकारको एजेन्डा अघि बढाएको छ । यसको साथ अखिल ( क्रान्तिकारी ) शिक्षामा आमूल रुपान्तरण गर्न सम्पुर्ण बामपंथी प्रगतिशील जनतान्त्रिक शक्तिहरु बिच एकताबद्ध भएर अघि बढ्नु अहिलेको आवश्यकता हो ।
आसन्न स्ववियूको निर्वाचन शैक्षिक र राजनैतिक अधिकारका निम्ति संघर्ष गर्ने शसक्त मोर्चा हो । यो मोर्चामा स्ववियूलाई मिनि संसदको रुपमा बुझ्ने ब्याख्या गर्ने स्ववियूको दुरुपयोग गर्ने यथास्थितिवादी, प्रतिक्रियावादी ,संसोधनवादी र क्रान्तिकारी शक्ति वीच निर्णायक संघर्ष हुन्छ । यो संघर्षमा प्रतिगामी र पश्चगामी विचारको पराजय र अग्रगामी विचार र शक्तिको विजय अवश्य हुनेछ ।
नेपाली विद्यार्थीको साहसपूर्ण संघर्षको वलबाट विं स. २०२० मा त्रिभुवन विश्वबिद्धालयमा स्ववियूको स्थापना भएपनि २०२४ सालमा मात्रै वैधानिकता प्राप्त गरेको थियो । निरंकुश पञ्चायलाई घुडा टिकाएर स्थापना भएको स्ववियू २०२९ मा खारेज हुन पुग्यो । दमनले विद्यार्थी आन्दोलन झुकेन बरु विद्यार्थीको शसक्त र बलिदानी पुर्ण आन्दोलन भई जसको बलमा २०३६ सालमा पुनः स्ववियूको स्थापित भयो ।
विद्यार्थी आन्दोलनकै बलमा पञ्चायती व्यवस्थाको भविष्यवारे जनमत संग्रह घोषणा भयोे । स्ववियू जहिले पनि शैक्षिक तथा राजनैतिक आन्दोलनको अग्रिम मोर्चा बन्यो । त्रिभुवन मा २०३६ साल देखि निर्वाचन हुँदै आएपनि २०७३ सालमा केही क्याम्पसमा निर्वाचन भएतापनि २०६५ देखि अधिकांश क्षेत्रमा निर्वाचन हुन सकेन । आसन्न निर्वाचन मुखैमा आईपुग्दा स्ववियूको बुझाई र अभ्यास को सन्दर्भमा गम्भीर समीक्षा गर्न जरुर छ ।
गौरवशाली ईतिहास बोकेको स्ववियू आज किन बदनाम छ । यो संस्था आफ्नो भुमिकामा किन खरो उत्रन सकेको छैन ? स्ववियू प्रति किन प्रश्न र आसंका जन्मिए ? स्ववियुले किन विश्वसनियता गुमाउदै छ ? यतिका लामो समय स्ववियूको निर्वाचन किन हुन सकेन ? गम्भीरतापुर्वक समीक्षा गर्न जरुर छ । स्ववियूको समयसापेक्ष रुपान्तरण गर्दै यसको गरिमा वचाउन जरुरी छ । यस्तो गर्न नसकेमा समयले हामीलाई धिक्कार्ने छ ।
स्ववियू सत्ता र प्रसाशनको चाकडी गर्ने थलो होईन, आन्दोलनको साझा मोर्चा हो । आज स्ववियूलाई हेरिन गलत बुझाई र प्रयोगले गर्दा स्ववियू असफल हुँदैछ । आज स्ववियू गुन्डागर्दी दलाली , दादागिरी, गर्ने क्याम्पसमा ठेक्कापट्टामा कमिसन खाने, क्याम्पस कोष र कल्याणकारी कोषको दुरुपयोग गर्ने छात्रवृत्ति, छात्रावासमा नातावाद कृपावाद गर्नु परीक्षामा चिठ चोर्ने व्यवस्था गर्न दवाव सिर्जना गर्ने कमजोर विद्यार्थी प्रधानाध्यापकलाई धम्क्याउने प्राध्यापक कर्मचारी नियुक्तिमा भाग खोज्ने , क्याम्पस प्राध्यापक संग मिलेर भ्रष्टाचारमा संलग्न भई अनैतिक कार्य गर्ने प्रविधिले स्ववियूको अस्तित्व नामेट हुने देखिन्छ ।
यस्ता प्रविधिको निषेध गरिनुपर्छ । स्ववियूको गलत विकृत र संसदीय बुझाईले आज स्ववियु भ्रष्टाचार, विकृति ,गुन्डागर्दीको अखडा बन्दै छ । जसकारण यो संस्थाले विश्वसनियता गुमाउदैछ । आसन्न निर्वाचनमा यस्तो प्रविधिको अन्य संगै अखिल क्रान्तिकारी लाखौ विद्यार्थीको नेतृत्वदायी भुमिका निर्वाह गर्ने छ । स्ववियुलाई पार्टीको हैसियत नाप्ने थलो भन्दा पनि आन्दोलनको प्रतिवद्धता को आधारमा चुनिने र राष्ट्रियता, जनतन्त्र, जनजिविका र शैक्षिक आन्दोलनको निम्ती संघर्ष गर्ने हुनुपर्छ । अवको स्ववियू वर्तमान शिक्षा प्रणालीको विकल्पमा आन्दोलनरत साझा मोर्चा बनाईनु पर्छ । कुनैपनि विद्यार्थीले रक्सी, पेट्रोल, पैसा र लोभमा नपरी आम विद्यार्थीको लागि संघर्षरत संगठनलाई साझा जिम्मेवार बोध हुने तरिकाले उभ्याउन जरुर छ ।
लेखक सिंह नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकाेटका अध्यक्ष हुन् ।
सुनिल सिंह ( विशाल) । ८ फाल्गुन २०७९, सोमबार