जाजरकोट । नलगाडमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं एक पालीका अन्दाजी ६५ वर्षका भद्र कामीको भीरबाट लडेर मृत्यु भएको हो ।
कामी शनिवार खच्चरमा सामान लिई नलगाड नगरपालिका १ जुरेली तर्फ जाँदै गर्दा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दुई दिन सम्म पनि घरमा नर्फकिएपछि खोजतलास गर्दै जाँदा भीरबाट लडेर मृत अवस्थामा फेला परेको स्थानीय अविलाल चनाराले जानकारी दिएको प्रहरीको भनाई छ ।
उक्त स्थानमा ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी नायव निरीक्षक दल बहादुर बिष्टको कमाण्डमा ५ जनाको टोली खटिएको छ ।
हाम्रो पहुँच संवाददाता । ८ फाल्गुन २०७९, सोमबार