जाजरकोट । जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड कुदुमा सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले एक सूचना जारी गर्दै भगवती माद्यामिक विद्यालयको खेलमैदानमा जिल्ला स्तरीय खेलकुद हुने बताएको हो ।
सात वटै पालिका बाट खेलाडीहरुलाई निमन्त्रणा गरिएको खेलक्ुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । ७ फाल्गुन २०७९, आईतवार