Files Photos
जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकाको एक सरकारी विद्यालयका शिक्षकले विद्यार्थीलाई बेहोस हुने गरी कुटपिट गरेका छन् ।
गाउँपालिकाको वडा नं. ०१ स्याप्री स्थित नेपाल राष्ट्रिय माद्यामिक विद्यालयका शिक्षक दीपक खत्रीले सोही विद्यालयकी कक्षा ९ मा अध्ययनरत जानकी विकलाई बेहोस हुनेगरी कुटपिट गरेका हुन् ।
साथीहरु सँगको झगडालाई लिएर शिक्षकले अनावश्यक लट्टीले कुटपिट गरी छोरीलाई वेहोस बनाएको जानकीका वुवा वीरबहादुर लुहारले हाम्रो पहुँच डटकमलाई जानकारी दिए ।
उनका अनुसार शिक्षकले कुटपिट गरेपछि स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बाँकेको नेपालगञ्जमा रहेको नर्सिङ्ग होममा उपचार भएको छ । उनका एक छोरा सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत छन् । उनले बहिनीलाई किन हानेको भन्दा उल्टै उनलाई समेत खुट्टाले पटकपटक हानेको, धम्की सहितको गाली गरेको पीडित अभिभावले बताए ।
यस्ता विद्यार्थी हान्ने शिक्षक चाहिदैन्, उनलाई तत्काल विद्यालयबाट हटाउनुपर्ने उनीहरुको माग रहेको छ । विद्यालयमा केही बर्षदेखि शिक्षक खत्री गणित र विज्ञान विषय अध्यापन गराईरहेका छन् । सुर्खेतको मेहलकुना स्थायी ठेगाना भएका खत्रीले अरु विद्यार्थीहरुलाई समेत वेलावेला कुट्दै आएको अभिभावकहरु बताउँछन् ।
यस विषयमा सम्बन्धित शिक्षक र प्रधानध्यापकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । एक भिडियो क्लिपमा शिक्षकले आफुले कुटेको र विद्यार्थीलाई उपचार गरिदिने बताएका छन् । यसरी विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाइ कारवाही गर्नुपर्ने बाल अधिकारकर्मीहरुको माग छ ।
हाम्रो पहुँच संवाददाता । ७ फाल्गुन २०७९, आईतवार