सर्वाेकृष्ट विज्ञापन एजेन्सी बन्यो विहानी, व्यवस्थापक शर्मा सम्मानित

No description available.
जाजरकोट । मध्याह्न राष्ट्रिय दैनिकको २० औं बार्सिकोत्सवको अवसरमा सर्र्वाेत्कृष्ट विज्ञापन एजेन्सी बिहानी मिडियाका ब्यवस्थापक लोकेन्द्रराज शर्मा सम्मानित भएका छन् । २० औं बार्षिकोत्सवको अबसरमा आयोजित बिज्ञापन एजेन्सी भेटघाट तथा उत्कृष्ट १० एजेन्सी सम्मान कार्यक्रम २०७९ मा शर्मालाई सम्मान गरिएको थियो ।

शुक्रबार काठमाडौमा सम्पन्न कार्यक्रममा सबैभन्दा बढी विज्ञापन उपलब्ध गराई सर्वाेत्कृस्ट विज्ञापन एजेन्सीमा छनौट भएको बिहानी मिडिया कोहलपुर ११ बाँके का ब्यबस्थापक लोकेन्द्रराज शर्मालाई बिज्ञापन बोर्डको अध्यक्ष लक्ष्मण हुमागाईले दोसल्ला ओडाएर सम्मानित गरेका थिए।

सम्मान कार्यक्रमका प्रमुख अतिथि बिज्ञापन बोर्डका अध्यक्ष हुमागाईले अन्य १० बिज्ञापन एजेन्सीका संचालक र प्रतिनिधिहरुलाई पनि सम्मान गरेको मध्याह्न राष्ट्रिय दैनिकको सम्पादक मदन कुमार श्रेष्ठले जानकारी दिए ।

No description available.

तपाईको प्रतिक्रिया