
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले बाहिर चर्चा भए जस्तो वर्तमान सत्ता गठबन्धन भत्कने कुनै आधार नरहेको दावी गरेका छन् ।
पार्टीको मिसन ग्रासरूट अभियान अन्तर्गत शुक्रबार वीरेन्द्रनगरमा आयोजित अभिमुखिकरण कार्यक्रम उपाध्यक्ष नेम्बाङले कांग्रेसका केही नेताहरूको सुगा रटाइले सत्ता गठबन्धनलाई कुनै असर नगर्ने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नियमित छलफल भरहेको भन्दै उनले बाहिर चर्चा भए जस्तो कुनै असहमति नरहेको दाबी गरे ।
उनले भने, ‘पार्टी अध्यक्षको परामर्शमा मैले पनि प्रधानमन्त्रीसँग भेटेको छु, प्रधानमन्त्री ज्यूले यो गठबन्धन भत्काएर अर्को बनाउने बारे सोचे जस्तो लाग्दैन ।’
















































हाम्रो पहुँच संवाददाता । ५ फाल्गुन २०७९, शुक्रबार