चर्काे ब्याजदर र लद्युवितका विरुद्ध नेकपा जाजरकोटले विरोध गर्ने

No description available.
जाजरकोट । नेत्र विक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपा जाजरकोटले चर्काे ब्याजदर, लद्युवित र मिटर ब्याजका विरुद्ध विरोध प्रर्दशन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय सर्कुलर अनुसार फागुन ०५ गते बाट विरोध प्रर्दशन गर्ने नेकपा जाजरकोटका सेक्रटरी विराजन सीले जानकारी दिए ।

‘पछिल्लो समय जाजरकोटमा पनि बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदरले आम नागरिकको उठिवास भईरहेको छ’, उनले भने, ‘यसका विरुद्ध हाम्रो पार्टीले देशैभर प्रर्दशन गरिरहेको छ । जाजरकोटी जनताका समस्या समाधानका लागि हामीले भोली देखि विरोध प्रर्दशन गर्नेछौं ।’

No description available.

जाजरकोटका गाउँहरुमा मिटर ब्याजले सर्वसाधारणहरुलाई निकै अप्ठेरोमा पारेकोले यसका विरुद्ध पनि पार्टीले कडा कदम चाल्ने उनले बताए । आफ्नो उत्पादनको इलाका बनाएको नेकपाले पत्रकार सम्मेलन गरी महत्वपूर्ण निर्णयहरु समेत सार्वजनिक गरेको छ ।

यस्ता छन् पार्टीका निर्णयहरु

No description available.

No description available.

तपाईको प्रतिक्रिया