जुम्लामा दुर्घटना हुँदा एकको मृत्यु पाँच घाइते

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पातारासी–२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोरा रहेका छन् । अन्य घाइते हुनेमा पातारासी–३ का २९ वर्षीय सुर बुढा, १२ वर्षीया सरिता बोहोरा, ५० वर्षीय लोग बहादुर बोहोरा, ३० वर्षीया मायादेवी बोहोरा र ५० वर्षीय परेक बोहोरा रहेका प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था सामान्य भएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शव पोस्टमार्टमका लागि अस्पताल ल्याइँदै गरिएको अवस्था र ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया