बेरोजगार यूवालाई व्याक हो लोडर ड्राईभिङ सिकाउदै शिवालय


जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकाले बेरोजगार यूवाहरुका लागि व्याक हो लोडर ड्राईभिङ तालिम सञ्चालन गर्ने भएकाे छ ।

गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका बेरोजगार यूवाहरुका लागि व्याक हो लोडर ड्राईभिङ तालिम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए ।

उनका अनुसार १५ दिने सूचना प्रकाशन गरी ईच्छुक यूवाहरु बाट आवेदन आएपछि तालिमको व्यवस्था गरिनेछ । तालिममा सहभागी हुन् कम्तीमा ८ कक्षा उर्तीण भएको हुनुपर्ने छ । गाउँपालिकाको यस्तो निर्णय प्रति यूवाहरु निकै खुशी भएका छन् ।

No description available.

तपाईको प्रतिक्रिया