लोकसेवा तयारी कक्षा पढाउँदै शिवालय गाउँपालिका


जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ ।

एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो ।

निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्वन्द्वपीडित, आदिवासी, जनजाति, सीमान्तकृत लगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर वाँठाले जानकारी दिए ।

शिक्षक सेवा आयोगको प्रा.वि.तृतीय श्रेणी, लोक सेवा आयोग संघ प्रदेश बाट लिईने रा.प. अन. प्रथम श्रेणी र द्धितीय एवं सहायक चौथो र चौथो तहमा प्रशासन सेवा इन्जिनियर सेवा, शिक्षा सेवा, कृषि सेवा, स्वास्थ्य सेवा अथवा जुनसुकै तयारी गर्ने चाहाने शिवालयबासीहरुका लागि निर्णय गरिएको बाँठाले बताए । गाउँपालिकाको दशौं गाउँ सभाबाट पढाउने निर्णय गरिएको थियो ।

No description available.

तपाईको प्रतिक्रिया