७७ वडाध्यक्षहरुलाई क्षमता विकास तालिम

No description available.
खलंगा । जाजरकोटका सात वटै पालिकाका ७७ वडाध्यक्षहरुका लागि क्षमता विकास तालिम सञ्चालन गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय अन्तर्गत प्रदेश सुशासन केन्द्रको समन्वय र जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा समन्वयको हलमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरिएको हो ।

स्थानीय तहको काम,कर्तव्य, अधिकार, वडा समितिको क्षेत्राधिकार, वडाध्यक्ष र वडाका पदाधिकारीहरुको काम कर्तव्यका विषयमा वडाध्यक्षहरुको क्षमता विकास तालिमको आयोजना गरिएको जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खड्क विसीले जानकारी दिए । तालिरममा वडाले गर्ने कामहरुका विषयमा महत्वपूर्ण छलफल भईरहेको विसीले बताए ।

No description available.

उनका अनुसार, वडा समितिले गर्ने सिफारिस तथा प्रमाणित, योजना अनुगमन तथा मुल्यांकल, व्यक्तिगत घटना दर्ता प्रक्रिया र प्रतिवेदनका विषयमा तालिममा वडाध्यक्षलाई जानकारी दिईएको छ ।

मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत यूवराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रहरी प्रमुख सन्तोष रोकाले सहजीकरण गरिरहेका छन् । नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावत, उप प्रमुख सरिता कुमारी सिंह, छेडागाड नगरपालिका उप प्रमुख चन्द्रबहादुर थापा, बारेकोट गाउँपालिका उपाध्यक्ष नरबहादुर गिरी, कुशे गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहको उपस्थिति रहेको छ ।

No description available.

जाजरकोट जिल्लाका ७७ वटै वडाका वडाध्यक्ष, सदस्य, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम एकदमै महत्वपूर्ण रहेको बारेकोट गाउँपालिका ०२ का वडाध्यक्ष वीरबहादुर घर्तीले जानकारी दिए । तालिम विहीबार सम्म चल्नेछ ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया