खलंगा । जाजरकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । भेरी नगरपालिका —०२ डिंगा निवासी ३९ बर्षिय नरबहादुर थापा ( जलन) को मृत्यु भएको हो ।
घर नजिकैको भीरबाट लडेर थापाको मृत्यु भएको नेकपा माओवादी केन्द्रका नेता ढकवीर रानाले जानकारी दिए । थापा माओवादी केन्द्र निकट पूर्व जनमुक्ति सेनाका कमाण्डर थिए ।
हाम्रो पहुँच संवाददाता । २ फाल्गुन २०७९, मंगलवार