बागलुङमा बलात्कार कसुरमा एक युवालाई १२ वर्ष कैद सजाय तोकिएको छ। जिल्ला अदालत बागलुङले बागलुङको बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीसलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय भएको हो।
बालिका बलात्कार गरेको कसुरमा कैदसँगै ४ लाख जरिवाना फैसला गरेको हो। जिल्ला न्यायाधीश दिवाकर भट्टको सोमबारको अन्तिम आदेशले सजायसँगै २० हजार क्षतिपूर्ति फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए।
बालिकालाई २०७९ जेठ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए। प्रहरीले आरोपित श्रीसलाई जेठ ३० गते पक्राउ गरी असार १९ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो।
श्रीस अदालतको असार २० गतेको आदेशले पुर्पक्षका लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए।
हाम्रो पहुँच संवाददाता । २ फाल्गुन २०७९, मंगलवार