जाजरकोट । चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत जाजरकोटको आदेशले एक महिना कैद जरिवाना भई भागी फरार रहेका चेक फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं. ०८ स्थायी घर भएका धन बहादुर सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । रितपूर्वक पक्राउ गरी अदालत बुझाएको थियो । अदालत बाट कारागार चलान गरिएको छ ।
हाम्रो पहुँच संवाददाता । २ फाल्गुन २०७९, मंगलवार